ट्वेन्टी–२० विश्वकप : उपाधिका लागि इंग्ल्याण्डले पायो १३८ रनको लक्ष्य

ट्वेन्टी–२० विश्वकप : उपाधिका लागि इंग्ल्याण्डले पायो १३८ रनको लक्ष्य

काठमाडौं : अस्ट्रेलियामा जारी ट्वेन्टी–२० विश्वकप उपाधिका लागि पाकिस्तानले इंग्ल्याण्डलाई १३८ रनको लक्ष्य दिएको छ।

मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रन बनाएको हो।

उसका लागि सान मसुदले सर्वाधिक ३८, कप्तान बाबर आजमले ३२, साहदब अहमदले २०, मोहम्मद रिजवानले १५ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ इंग्ल्याण्डका साम करनले तीन, अदिल रसिद र क्रिस जोर्डन समान दुई–दुई तथा बेन स्टोक्सले एक विकेट हात पारे।

इंग्ल्याण्डले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

कात्तिक २७, २०७९ आइतबार १५:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।