मैत्रीपूर्ण फुटबलका लागि पाकिस्तानी फुटबल टोली आज राति आइपुग्ने

मैत्रीपूर्ण फुटबलका लागि पाकिस्तानी फुटबल टोली आज राति आइपुग्ने

काठमाडौं : मैत्रीपूर्ण फुटबलका लागि पाकिस्तानको राष्ट्रिय फुटबल टिम आइतबार राति नेपाल आउने भएको छ।

पाकिस्तानी टिम आइतबार राति पौने १२ बजे फ्लाइ दुबईको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याण्ड गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। उनीहरूको बसोबासको व्यवस्था हायात होटलमा गरिएको छ।

पाकिस्तानबीचको खेल कात्तिक ३० गते साँझ ५ बजे फ्लडलाइटमा हुने एन्फाले जनाएको छ। यो खेलका लागि एन्फाले प्रवेश कटुवाललाई प्रशिक्षक नियुक्ति गरेर प्रशिक्षण गरिरहेको छ।

एन्फाले उक्त खेल हेर्नका लागि साधारण प्याराफिटतर्फ ५ सय रूपैयाँ र भीआईपी प्याराफिटतर्फ १ हजार रूपैयाँ दरको टिकट रेट तोकेको छ।

फिफाले लगाएको प्रतिबन्ध हटाएपछि पाकिस्तानले पहिलो पटक नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो। उसले कात्तिक ३० र मंसिर ४ गतेका लागि दुई मैत्रीपूर्ण फुटबलको प्रस्ताव राखे पनि नेपालमा उक्त दिन चुनाव हुने भएकाले एक खेल मात्र कुन लागेको हो।

कात्तिक २७, २०७९ आइतबार १५:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।