हिताचीले ल्यायो चार भेरियन्टको माईक्रोवेभ ओभन, कति पर्छ मूल्य ?

हिताचीले ल्यायो चार भेरियन्टको माईक्रोवेभ ओभन, कति पर्छ मूल्य ?

काठमाडौं : युनिभर्सल इलेक्ट्रोकमले नेपाली बजारमा हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ।

कम्पनीले २३ लि. डिजिटल ग्रिल, २० लि. डिजिटल ग्रिल, २० लि. मेकानिकल, र डिसेम्बर २०२२ सम्ममा चौथो भेरियन्ट ३२ लि. कन्भेक्सन माइक्रोवेभ ओभन गरी चार प्रकारका सामान नेपाली बजारमा सार्वजनिक गरेको छ।

यी माइक्रोवेभ ओभनहरूले उपभोक्तालाई स्वस्थ जीवनको फाइदाहरू र सहजै फ्याट, नुन र क्यालोरी घटाउने नवोत्पाद सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ। साथै, हिताचीले यी माइक्रो ओभनमा १ वर्षको पूर्ण वारेन्टी र म्याग्नेट्रोनमा ५ वर्षको वारेन्टी दिएको छ।

उच्च प्रविधि, परिष्कृत कार्यहरू र प्रिमियम डिजाइन सुविधासहित, तीन नयाँ मोडेलहरू HMR–DG2312, HMR–DG2012HMR–M2002 २३ लि. र २० लिटर क्षमतामा उपलब्ध छन्। यसका मूल्य क्रमशः २४ हजार ९९९, १९ हजार ९९९ र १५ हजार ९९९ रूपैयाँ पर्ने कम्पनीले जनाएको छ।

कात्तिक २७, २०७९ आइतबार १५:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।