भरुवा बन्दुक पड्केर १० वर्षीय बालक घाइते, सनबहादुर पक्राउ

भरुवा बन्दुक पड्केर १० वर्षीय बालक घाइते, सनबहादुर पक्राउ

तनहुँ : जिल्लामा भरुवा बन्दुक पड्केर १० वर्षीय बालक घाइते भएका छन्।

घरमा लुकाइ छिपाइ राखेको उक्त बन्दुक १० वर्षीय बालकले चलाउने क्रममा पड्किँदा बालकको बाँया हातमा चोट लागेकाे ईलाका प्रहरी कार्यालय, बन्दीपुरले जनाएकाे छ।

प्रहरीले बालकलाई उपचारको लागि मोती मेडिकल डुम्रे हुँदै सरकारी अस्पताल भरतपुर चितवन पठाएकाे छ।

बन्दीपुर गाउँपालिका-२ आरथुम्का बस्ने ३६ वर्षीय सन बहादुर घर्तीलाई एक नाले भरुवा बन्दुक प्रहरीले पक्राउ गरेकाे छ। उनकाे घरमा भएकाे बन्दुक बालकले चलाएका थिए।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कात्तिक २७, २०७९ आइतबार १४:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।