फाइनल खेल सुरु: इङ्ग्ल्याण्ड टस जितेर बलिङ गर्दै, पहिलो बल नै 'नो बल'

काठमाडौं: टी ट्वेन्टी विश्वकपको फाइनल खेल सुरु भएको छ। फाइनल खेलमा इङ्ग्ल्याण्डले टस जितेर बलिङ रोजेको छ।
ब्याटिङमा उत्रिएको पाकिस्तानी टोलीले पहिलो ओभरमै दुई रन अतिरिक्त पाएको छ। पहिलो बलमा नै बेन स्टोक्सले 'ओभरस्टेपिङ' गरेपछि नो बल भएको हो। त्यसपछि पनि वाइड बल गरेपछि पाकिस्तानले दुई रन पाएको हो।
आजको फाइनल रोचक हुनेछ। टी ट्वेन्टी वरीयतामा दोस्रो स्थानमा रहेको इङ्ग्ल्याण्ड र तेस्रो स्थानमा रहेको पाकिस्तानबीच खेल भइरहेकोले पनि खेल रोचक हुने अनुमान छ।
यस्तै आजको खेललाई ब्याटिङ लाइनअप उत्कृष्ट भएको टोलीविरुद्ध बलिङ लाइनअप उत्कृष्ट भएको टोलीको खेल पनि भनिएको छ।
खेलमा पहिलो ओभरमै पाकिस्तानले ८ रन बनाएको छ। खेल जारी छ।
कात्तिक २७, २०७९ आइतबार १३:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।