ग्लोबल आईएमई र बैंक अफ काठमाडौं १:१ स्वाप रेसियोमा गाभिने

ग्लोबल आईएमई र बैंक अफ काठमाडौं १:१ स्वाप रेसियोमा गाभिने

काठमाडौं: ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौं समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन्। मर्जरमा जाने निर्णय गरेका दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो।

अर्थात् बैंक अफ काठमाडौंमा एक सय कित्ता शेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै शेयर पाउने कम्पनी सचिव दीपक गौतमले जानकारी दिए।

सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई समेत जानकारी गराएको छ। दुवै बैंकले गत असार २ गते मर्जरमा जानका लागि सम्झौता गरेका थिए।

मर्जरपछि कुल चुक्तापुँजी रु ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार ६०० पुग्नेछ।

कात्तिक २७, २०७९ आइतबार १३:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।