लोसपाको युवा सङ्गठनका जिल्ला संयोजकसहितको समूह जसपामा प्रवेश, पूर्वमन्त्री यादवलाई समर्थन गर्ने

लोसपाको युवा सङ्गठनका जिल्ला संयोजकसहितको समूह जसपामा प्रवेश, पूर्वमन्त्री यादवलाई समर्थन गर्ने

वीरगञ्ज: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको युवा सङ्गठनका जिल्ला संयोजकसहितको समूह जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेको छ। जिल्ला संयोजक रवी सर्राफसहितको समूह आइतबार जसपा प्रवेश गरेको हो।

नवप्रवेशीहरूलाई पूर्वमन्त्री प्रदीप यादवले पार्टीमा भित्र्याएका छन्।

देश र जनताको हितका लागि काम गर्ने र युवाहरूको उचित मूल्याङ्कन गर्दै अगाडि बढ्ने पार्टी भएकाले आफूहरू जसपा प्रवेश गरेको सर्राफले बताए।

यस्तै प्रदीप यादव जस्ता व्यक्तिलाई मन्त्री बनाएर युवाको सम्मान गरेकोले जसपाप्रति युवाहरुको आकर्षण बढ्दै गएको सर्राफले बताए।

सर्राफले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जसपा-एमाले गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार यादवलाई आफ्नो पूर्ण समर्थन रहेको पनि बताए।

जसपाको राजनीतिक समितिका सदस्य समेत रहेका यादवले युवाहरूले जसपाप्रति देखाएको आकर्षणले आफू उत्साहित भएको बताउँदै नवप्रवेशी युवाहरूलाई पार्टीले उचित स्थान दिँदै उनीहरूको मूल्याङ्कन गर्ने प्रतिबद्धता व्यक्त गरे।

कात्तिक २७, २०७९ आइतबार १२:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।