विश्वकपको 'होस्ट नेशन' बन्यो नेपाल, २०२७ को यू-१९ महिला विश्वकप आयोजना गर्ने

काठमाडौं: सन् २०२७ मा हुने आईसीसी यू-१९ महिला विश्वकपको 'होस्ट नेशन' (आयोजक राष्ट्र) नेपाल पनि हुने भएको छ। आईसीसीको बोर्ड बैठकले आज सन् २०२४ देखि २०२७ सम्मका यू-१९ प्रतियोगिताका आयोजकहरूको नाम सार्वजनिक गरेको हो।
जसअनुसार नेपाल टी ट्वेन्टी फर्म्याटको यू-१९ महिला विश्वकपको संयुक्त आयोजक हुनेछ। नेपालसँगै सहआयोजक हुनेछ बङ्गलादेश।
त्यसअघि यू-१९ महिला विश्वकप सन् २०२५ मा मलेसिया र थाइल्याण्डमा हुने आईसीसीले जनाएको छ।
सन् २०२४ मा हुने यू-१९ पुरुष विश्वकप भने श्रीलङ्कामा हुनेछ। यसको सन् २०२६ को संस्करणक जिम्बावे र नामिबियाले आयोजना गर्नेछन्।
कात्तिक २७, २०७९ आइतबार १२:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।