थापाथलीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो, झापामा पुलबाट खसेर साइकलयात्रीको मृत्यु

थापाथलीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो, झापामा पुलबाट खसेर साइकलयात्रीको मृत्यु

काठमाडौं: थापाथलीनजिकै आज बिहानै मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ। मृत्यु हुनेमा बाराको बरियापुरका ४४ वर्षीय रामबाबु कुसुवाह रहेका छन्।

उनको उपचारको क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा बिहान सवा ६ बजे मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बाग्लुङ घर भई भक्तपुर बस्ने ३० वर्षीय विज्ञान कँडेलको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचार भइरहेको छ।

आज बिहान साढे ५ बजे कुसुवाहलाई ठक्कर दिएर त्रिपुरेश्वरबाट थापाथलीतर्फ जाँदै गरेको बागमती प्रदेश-०२-०१९प ३१९५ नम्बरको मोटरसाइकल पल्टिएको थियो। मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ।

यस्तै झापाको मेचीनगरमा पुलबाट खसेर बुद्धशान्ति–५ का ४५ वर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको छ। 

दोकानडाँडाबाट पूर्व मेचीनगर–३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए।

कात्तिक २७, २०७९ आइतबार ११:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।