बोलेरो दुर्घटनामा एक जनाको मृत्यु, चालकसहित पाँच जना घाइते

बोलेरो दुर्घटनामा एक जनाको मृत्यु, चालकसहित पाँच जना घाइते

धादिङ: ज्वालामुखी गाउँपालिका–४ खरीमा गए राति बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पराल बोकेर टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको ग१ज ५५८० नंको बोलेरो सडकबाट खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा ज्वालामुखी–४ का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।

दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको छ।

कात्तिक २७, २०७९ आइतबार ०९:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।