मौसम: प्रदेश १ र गण्डकीका हिमाली भू-भागका एक-दुई स्थानमा हिमपातको सम्भावना

मौसम: प्रदेश १ र गण्डकीका हिमाली भू-भागका एक-दुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ र गण्डकीका हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

यतिबेला देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी  प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कात्तिक २७, २०७९ आइतबार ०६:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।