धादिङमा पराल बोकेको बोलेरो दुर्घटना हुँदा एक जनाकाे मृत्यु, ६ जना घाइते

धादिङ : जिल्लामा बोलेरो दुर्घटनामा परेर एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
शनिबार जिल्लाको ज्वालामुखी गाउँपालिका–४ टारीस्थित भित्री सडक खण्डमा ग १ ज ५५८० नम्बरको पराल बोकेको बोलेरो अनियन्त्रित भइ दुर्घटना हुँदा सोही ठाउँ बस्ने ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा सोही ठाउँ बस्ने ६ जना घाइते भएका जिल्ला प्रहरी प्रवक्ता श्यामबहादुर खत्रीले जानकारी दिए।
घाइते हुनेमा सोही ठाउँ बस्ने बोलेरो चालक २० वर्षीय समिर गदेल, ३१ वर्षीय प्रकाश अर्याल, ३८ वर्षीय सोमबहादुर दुवाडी, ४२ वर्षीय रामबहादुर विक, ५२ वर्षीय किसन विक र १५ वर्षीय प्रितम गदेल रहेका छन्।
घाइते सबैलाई जिल्ला अस्पताल धादिङ पठाइएको प्रहरीले जनाएको छ।
कात्तिक २६, २०७९ शनिबार २२:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।