५.४ म्याग्निच्युटको कम्पनले हल्लियाे बझाङ

काठमाडौं : शनिबार साँझ नेपालमा भूकम्प गएको छ।
साँझ ८ बजेर १२ मिनेट जाँदा सुदूरपश्चिम प्रदेशस्थित बझाङको पतदेवल केन्द्रविन्दू भएर भूकम्प भएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सो भूकम्प ५.४ म्याग्निच्युटको रहेको थियो।
केही दिनअघि पनि सुदूरपश्चिमकै डोटी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको थियो।
कात्तिक २६, २०७९ शनिबार २१:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।