मतदानको दिन कसले सवारी चलाउन पाउने, कसले नपाउने ?

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुने आगामी मंसिर ४ गते अत्यावश्यकीय सेवाका सवारी साधन सञ्चालन गर्न दिइने भएको छ।
यस दिन बिरामी बोकेको एम्बुलेन्स, शववाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन सञ्चालन गर्न दिइने निर्वाचन आयोगले जनाएको छ।
अनुमति नलिइ चलाउन पाइने सवारी साधनहरू :-
-बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल।
-खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन।
-दूध बोक्ने सवारी साधन।
-सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन।
-दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन।
-अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन।
-निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन।
-तरकारी, फलफूल तथा विद्युत सेवका लागि प्रयोग हुने सवारी साधन
-कूटनीतिक नियोग, यूएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन।
-विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन
-सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन।
-आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन।
कात्तिक २६, २०७९ शनिबार १९:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।