सुकेटार जाँदै गरेकाे अटाे भीरमा खस्याे, हजुरबुवा र नातीकाे मृत्यु

ताप्लेजुङ : जिल्लामा भएको अटो दुर्घटनामा हजुरबुवा र नातीको मृत्यु भएको छ।
मृत्यु हुनेमा पाथिभरा याङबरक गाउँपालिका-१ बस्ने ७५ वर्षीय धन बहादुर गुरुङ र उनकै नाती ११ वर्षीय इशान गुरुङ रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
फुङलिङ नगरपालिका-८ दोखु ढुङगेस्थित सडकमा खोक्सेबाट सुकेटारतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ ह ३९०० नम्बरको अटो आफैँ अनियन्त्रित भएर सडकबाट अन्दाजी १ सय ५० मिटर भीरमा खसेर शनिबार बिहान दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका अटो चालकलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।
कात्तिक २६, २०७९ शनिबार १६:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।