स्वयम्भूकाे जंगलमा लगेर १४ वर्षीया बालिका बलात्कार गरेकाे आराेपमा एक जना पक्राउ

स्वयम्भूकाे जंगलमा लगेर १४ वर्षीया बालिका बलात्कार गरेकाे आराेपमा एक जना पक्राउ

काठमाडौं : स्वयम्भूकाे जंगलमा लगेर १४ वर्षीया बालिका बलात्कारकाे आराेपमा एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ।

बालिका बलत्कार अभियोगमा धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हाे।

गिरीले ती बालिकालाई ललाई फकाई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू स्तुपा जंगलमा जबरजस्ती करणी गरेको प्रहरी वृत्त स्वयम्भूले जनाएकाे छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कात्तिक २६, २०७९ शनिबार १६:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।