रड प्रहार गरी हत्या, एक युवक प्रकाउ

रड प्रहार गरी हत्या, एक युवक प्रकाउ

तनहुँ : रड प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेकाे छ।

शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा बस्ने देवघाट गाउँपालिका-२ क्वादी घर भएका २४ वर्षीय विरम आलेको रड प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने सर्लाही गौरीशंकर नगरपालिका-५ बगरवा घर भएका २५ वर्षीय नवीन कुमार चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडास्थित रिमाल अटो केयरमा काम गरिरहेको अवस्थामा आलेलाई चौधरीले एक्कासी रडले प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएकाे छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कात्तिक २६, २०७९ शनिबार १६:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।