र्यापर 'हप्याक'काे मुखमा अगुल्टो झाेस्दा गम्भीर घाइते, झाँक्री पक्राउ

नवलपरासी पूर्व : जिल्लाकाे कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन्।
नौ दिनअघिको घटना सामाजिक सञ्जालमा भाइरल बाहिर आएको हो।
काठमाडौं बसेर विभिन्न प्रतियोगितामा भाग लिँदै गरेका र्यापरसमेत रहेका कावासोती–१ निवासी २० वर्षे मिलनजङ्ग कुँवर 'हप्याक' बिरामी भएर घर आएका थिए।
उनकाे उपचारका लागि भन्दै परिवारले नौ दिनअघि घरमा झारफुक गर्न देवचुली–१२ का ४२ वर्षीय झाँक्री दीपक सार्कीलाई बोलाएको थियो।
सार्कीले झारफुक गर्ने क्रममा अगुल्टोले मुखमा पटक–पटक झोस्दा कुँवर गम्भीर घाइते भएका हुन्।
घाइते कुँवरको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको परिवारले जानकारी दिएको छ।
सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि शुक्रबार झाँक्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।
उनले नेपाली हिपहप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’मा समेत सहभागिता जनाएर दर्शकको मन जितेका थिए।
कात्तिक २६, २०७९ शनिबार १५:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।