बर्दियाको सामुदायिक वनमा मृत फेला पर्‍यो पाटे बाघ

बर्दियाको सामुदायिक वनमा मृत फेला पर्‍यो पाटे बाघ

काठमाडौं: बर्दियाको मधुवन नगरपालिका-८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ। डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बाघ मृत फेला परेको हो।

उक्त बाघ एक दिनअगाडि नै मरेको हुनसक्ने वन कार्यालयले जनाएको छ। जङ्गल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए।

बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ। बाघको मृत्युको कारण खुल्न बाँकी छ।

कात्तिक २६, २०७९ शनिबार १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।