गुड फ्राइडे पारेर एलओडीमा केपी ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रवार बेलुका ठमेलको एलओडी क्लब पुगे। एमालेको चुनावी र्याप गीत 'गाउँ-सहरमा ओली' को विमोचन गर्न उनले एलओडी छानेका हुन्।
सो चुनावी गीत पहिल्यै युट्युबमा सार्वजनिक भइसकेको थियो। तर गुड फ्राइडेमा लाउन्जमा हुने भिडलाई अपिल गर्न उनी एलओडी पुगे।
यस्तै शैलीमा यस अगाडि पूर्व राजा ज्ञानेन्द्र शाह एलओडीमा गएर रातो र चन्द्र सूर्यमा नाचेका थिए।
कात्तिक २६, २०७९ शनिबार ०७:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।