मेस्सीको कप्तानीमा विश्वकप खेल्ने अर्जेन्टीनी टिम घोषणा

एजेन्सी : अर्जेन्टिनाले कतारमा हुने विश्वकप-२०२२ का लागि टोली सदस्यको नाम घोषणा गरेको छ।
पहिलाझैँ यो पटक पनि टिमको कप्तानी लियोनल मेस्सीले गर्नेछन्। टोलीमा कोपा अमेरिका जित्दाका खेलाडी समेटिएका छन्।
विश्वकपमा अर्जेन्टिनाको पोस्ट सम्हाल्ने जिम्मा इमिलियाओ मार्टिनेजले पाएका छन्। अग्रभागमा एन्जल डिमारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, पाउलो डिबालाले मेस्सिलाई साथ दिनेछन्।
अनुभवी खेलाडी निकोलास ओटामेन्डीले रक्षापङती सम्हाल्ने छन्। उनलाई रोमेरो, मार्टिनेज, अकुना जस्ता युवा डिफेन्डरले साथ दिनेछन्।
मिडफिल्डमा डे पउल, परेडेस, रोड्रिग्वेज, गोमेजसहितका खेलाडी छन्।
अर्जेन्टिनाको टिम
गोलरक्षक : इमिलियानो मार्टिनेज, जिरोनिमो रुली र फ्रान्को अर्मानी
डिफेन्डर : नहुइल मोलिना, गोन्जालो मोन्टियल, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलास ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, मार्कोस अकुना, निकोलास टाग्लिफिको र जुअन फोथ
मिडफिल्डर : रोड्रिगो डे पउल, लेयान्द्रो परेडेस, एलेक्सिस माक अलिस्टर, गुइडो रोड्रिग्वेज, एलेजान्द्रो गोमेज, एन्जो फर्नान्डेज र एक्सक्वेल पालासिओस
फरवार्ड : एन्जल डिमारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलास गोन्जालेज, जोक्वीन कोरेया, पाउलो डिबाला, लियोनेल मेस्सी
कात्तिक २५, २०७९ शुक्रबार २३:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।