ट्राफिक नियम उल्लंघन गरेका चालकले मंसिर १० गतेसम्म कागजात नपाउने

काठमाडौं : ट्राफिक नियम उल्लंघन गरी कारबाहीका परेका सवारी चालकका कागजात मंसिर १० गतेसम्म सवारीधनीले नपाउने भएका छन्।
सडक लेन उल्लंघन तथा मदिरा पिएर सवारी साधन चलाएर कारबाहीमा परेका चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर १० गतेसम्म कागजात नदिने भएको हो।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचका कारण भएका प्रहरीहरूलाई सुरक्षा व्यवस्थामा खटाउनुपर्ने भएकाले कार्यालयले दिँदै आएको सचेतना कक्षासमेत कार्तिक २७ गतेदेखि मंसिर १० गतेसम्मका लागि स्थगित गरिएको छ।
सचेतना कक्षा मंसिर ११ गते आइतबारबाट पुनः नियमित रूपमा सञ्चालन हुने कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।
लेन उल्लंघन तथा मदिरा पिएर सवारी साधन चलाइ कारबाहीमा परेका कागजपत्र सचेतना कक्षा लिए पश्चात मात्र सवारी चालकलाई फिर्ता गरिनेसमेत कार्याले स्पष्ट पारेको छ।
कात्तिक २५, २०७९ शुक्रबार १८:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।