राप्रपाको प्रचार गर्न अभिनेत्री मनीषा नेपाल आउँदै

राप्रपाको प्रचार गर्न अभिनेत्री मनीषा नेपाल आउँदै

काठमाडौं : अभिनेत्री मनीषा कोइरालाले प्रतिनिधि सभा र प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा प्रचार गर्ने भएकी छिन्।

राजतन्त्रको पक्षमा उभिँदै आएकी मनीषाले ट्विटै गर्दै निर्वाचनमा राप्रपाको प्रचारमा सहभागी हुन व्यस्त कार्य तालिका भए पनि केही समय निकालेर राप्रपाको पक्षमा भोट माग्न घर फर्कने उल्लेख गरेकी छिन्।

उनले ट्विटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई युवा, गतिशील र ऊर्जावान् भन्दै नेपालमा राजतन्त्र आवश्यक रहेको तर्क समेत गरेकी छिन्।

आफूलाई नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाबाट प्रेरित रहेको दाबी गर्ने उनले प्रगतिशील राजनीतिको नाममा साम्प्रदायिक असमानता र परम्परागत तथा राष्ट्रवादी शक्तिहरूको बहिष्कारले देशको सामाजिक र राजनीतिक संरचनामा ठुलो क्षति पुर्याएको दाबी गरेकी छिन्।

उनले ट्विट गर्दै राप्रपालाई जिताउन समेत अपिल गरेकी छिन्। मनीषा पछिल्लो समय राजनीतिमा सक्रिय हुने प्रयासमा देखिएकी थिइन्। उनी सार्वजनिक प्रदर्शनमा समेत सहभागी भए पनि अहिले पनि उनी राजनीतिक गतिविधिमा सक्रिय देखिएकी थिइनन्।

कात्तिक २४, २०७९ बिहीबार २२:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।