गगनलाई भोट माग्दै डा. केसीले भने' थापा र थापाजस्तै स्वच्छ छविकालाई जिताऊँ'

काठमाडौं : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले काठमाडौं-४ का उम्मेदवार गगन थापाको पक्षमा भोट मागेका छन्।
उनले भिडियो जारी गर्दै थापाले सुरु देखिनै आफ्नो अभियानमा सहयोग गरेको भन्दै शिक्षा, स्वास्थ्य क्षेत्र र सुशासनको लागि चलेको अभियानमा थापाको पहिले देखिनै सहभागिता र सहयोग रहेको उल्लेख गरेका छन्।
उनले उम्मेदवार बनेका थापा र थापा जस्तै चरित्र भएका युवा नेताहरूलाई आफ्नो शुभकामना रहेको बताउँदै उनले भनेका छन्,‘उहाँहरू लायक र सही व्यक्तित्व, उम्मेदवारलाई मतदान गर्न म हार्दिक अनुरोध गर्दछु।’
विवेकमा रहेर, विवेकमा उभिएर बोल्न, उभिन र अडिग भएर बस्न सक्ने युवा नेताहरू सानो सुची रहेको र त्यसमा थापा अग्र पन्थीमा रहेको डा. केसीले उल्लेख गरेका छन्।
थापा र थापाजस्तै ऊर्जावान् तथा स्वच्छ छविका चरित्रवान र सही गलत छुट्टाउन सक्ने युवा नेतालाई चुनावमा सफलताको शुभकामना दिएका छन् डा. केसीले।
उनले भनेका छन्,‘देशलाई सही मार्गचित्र दिन सक्ने नेताको नेपालमा खाँचो छ।’ क्षमतावान्, विवेकमा टेकेर बोल्न सक्ने, उभिन सक्ने र अडान लिन सक्ने मुठीभर नेतामध्ये थापाको नाम अग्र पन्थीमा भएको केसीको तर्क छ।
तर, एकातर्फ थापाले आफ्नो अभियानको लागि सहयोग गरेको र अर्कातर्फ विभिन्न दलका युवा तथा ज्येष्ठ नागरिक नेताहरूले निजी स्वार्थको लागि अभियान नै तुहाउने धेरै प्रयास गरेको उनले बताएका छन्।
कात्तिक २४, २०७९ बिहीबार २२:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।