करुवाले हानेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ

झापा: बुद्धशान्ति गाउँपालिका-१ बुधबारे बजारमा श्रीमतीको हत्या गर्ने श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३२ वर्षीय रघुनाथ मारुती गोरड रहेका छन्।
आज बिहान ३ बजे गोरडले सामान्य वादविवादको क्रममा २६ वर्षीया श्रीमती सपना गोरडलाई पानी खाने करुवाले टाउकोमा प्रहार गरेका थिए। श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो।
तत्काल घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले गोरडलाई घटनास्थलबाट नै पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय धुलाबारीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
गोरड भारतको महाराष्ट्र घर भई बुधबारे बजारमा सुन पसल संचालन गरी बस्दै आएका थिए।
कात्तिक २४, २०७९ बिहीबार २१:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।