गठबन्धनले जिते मात्र नागरिकता समस्या हल हुने निधिको दाबी

गठबन्धनले जिते मात्र नागरिकता समस्या हल हुने निधिको दाबी

कलैया : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले जिते मात्रै नागरिकताको समस्या समाधान हुनसक्ने दाबी गरेका छन्।

नेपाली कांग्रेस बाराद्वारा पार्टी कार्यालय कलैयामा बिहीबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै निधिले गठबन्धनका उम्मेदवारहरूलाई भोट हालेर गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए।

मङ्सिर ४ को चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार गठन हुने र त्यही सरकारले नागरिकता विधेयक अघि बढाएर नागरिकता समस्या हल गर्ने उनको दाबी थियो।

नेता निधिले चुनावमा एमाले नेतृत्वको गठबन्धन बलियो भएमा नागरिकता समस्या कहिल्यै हल नहुने दाबी समेत गरे। निधी यो पटक प्रतिनिधि सभाको समानुपातिकमा बसेका छन्।

कात्तिक २४, २०७९ बिहीबार १९:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।