तीन कारण जसले इङल्याण्डसँग भारत लाजमर्दो गरी हार्यो
एजेन्सी : टी-ट्वान्टी वर्ल्ड कप २०२२ मा इङल्याण्डविरुद्धको सेमिफाइनल खेलमा भारतीय टिमको टप ब्याटिङ लाइनले काम गरेन। फ्लप भयो। ओपनर केएल राहुल र रोहित शर्माले कुनै कमाल देखाउन सकेनन्।
सुस्त ब्याटिङ
रोहितले पाँच बलमा पाँच रन मात्र बनाउन सके। भारतीय कप्तान रोहितले लगातार २ चौका हानेर फर्ममा फर्किएझैँ देखिए पनि रोहित २८ बलमा २७ रन बनाएर आउट भए।
टी-ट्वान्टीको फर्म्याटमा ब्याट्सम्यानले २८ बलमा ५० भन्दा बढी रन बनाउनु ठुलो कुरा हैन तर रोहितको ब्याटिङ सुस्तहुँदा ओभर मात्र खेर गयो।
अर्ध शतक बनाए पनि जमेन खेल
विराट कोहलीको ब्याटिङ पनि निकै सुस्त भयो। उनले ५० रन बनाएर टिमको स्कोर बढाउन मद्दत गरे। तर उनले धेरै बल खर्च गराए। उनले ४० बलमा ५० रन बनाएर आउट भए।
उनले एक छक्का र चार चौका हानेका थिए। उनको ब्याटिङको गति बढेको भए भारतीय टिम २ सय स्कोर निकट पुग्न सक्थ्यो।
खराब बलिङ
सेमिफाइनलमा भारतीय बलर पूर्णरुपमा असफल भए। भुवनेश्वर कुमारले २ ओभरमा २५ रन दिए। मोहम्मद शमी पनि सफल भएनन्। उनले तीन ओभर बलिङ गर्दा ३९ रन दिए। अर्शदीप सिंहले २ ओभरमा १५ रन, रविचन्द्रन अश्विनले २ ओभरमा २७ रन अनि हार्दिक पाण्डेयले ३ ओभरमा ३४ रन दिए।
भारतीय ब्याट्सम्यानहरूले खेल सम्हाल्दै एक सय ६८ को स्कोरसम्म पुर्याए। इङल्याण्डले ब्याटिङ सुरु गर्नु अगाडिसम्म भारतले सेमिफाइनल जित्ने सम्भावना ५४ प्रतिशत देखियो। तर जब इङल्याण्डले ब्याटिङ सुरु गरे तब भारतको जितको सम्भावना कम हुँदै गयो।
इङल्याण्डका लागि भारतले पुरा गरेको लक्ष्य पुरा गर्न पुरा ओभर पनि खेल्नु परेन। ओपनर एलेक्स हेल्ले र जस बटलरको विस्फोटक ब्याटिङले कुनै विकेट नै नगुमाई १६ ओभरमा लक्ष्य भेट्यो।
एलेक्सले ४७ बलमा ८ छक्का र ४ चौकाको सहयोगमा ८६ रन बनाए। बटलरले ४९ बलमा ३ छक्का र ९ चौका हानेर ८० रन बनाए।
कात्तिक २४, २०७९ बिहीबार १९:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।