नो नट अगेन अभियानको पक्षमा सर्वोच्च, पेज बन्द नगर्न दिएको आदेश निरन्तर

नो नट अगेन अभियानको पक्षमा सर्वोच्च, पेज बन्द नगर्न दिएको आदेश निरन्तर

काठमाडौं : सामाजिक सञ्जालमा चलिरहेको नो नट अगेन अभियानलाई कारबाही अघि नबढाउन यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई सर्वोच्च अदालतले निरन्तरता दिएको छ।

बिहीबार न्यायाधीशहरू सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।

आयोगले उम्मेदवारको चरित्रहत्या गरेको भन्दै नो नट अगेनको नाममा खुलेको तीन वटा फेसबुक पेज बन्द गर्न निर्देशन दिएको थियो।  

आयोगको आदेश र निर्देशनले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै वरिष्ठ अधिवक्ता  दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले सर्वोच्चमा रिट दायर गरेका थिए।

कात्तिक २४, २०७९ बिहीबार १८:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।