भारतको बलरलाई असफल बनाउँदै इंग्ल्यान्ड टी-ट्वान्टीको फाइनलमा
काठमाडौँ : भारतीय बलरहरू पूर्ण रूपमा असफल हुँदा इंग्ल्यान्ड सहजै टी-ट्वान्टी वर्ल्ड कपको फाइनलमा पुगेको छ। सेमिफाइनलमा भारतलाई सहजै हराउँदै इंग्ल्यान्डले फाइनल यात्रा तय गरेको हो।
टस जितेर फिल्डिङ रोजेको इंग्ल्यान्डले खेलको प्रारम्भमा भारतलाई दबाबमा पारे पनि २० ओभरमा सहजै एक सय ६८ रन ल्याउन सकेको थियो। भारतले ६ विकेट गुमाएको थियो।
इंग्ल्यान्डले कुनै विकेट नगुमाई १६ ओभरमै लक्ष्य पुरा गर्यो। एलेक्स हेल्सले ४७ बलमा ८६ रन लिए भने अर्का जन्स बटलरले पनि ४९ बलमा ८० रन लिएर फाइनल यात्रा पक्का गरे।
कात्तिक २४, २०७९ बिहीबार १६:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।