भारत टी-ट्वान्टीको फाइनलमा पुग्ने सम्भावना न्यून
काठमाडौँ : टी-ट्वान्टीको फाइनलमा पुग्न भारतले दिएको एक सय ६९ को लक्ष्यमा पुग्न मैदानमा भिडिरहेको इङल्याण्डले कुनै विकेट नगुमाई एक सय रन पार गरेको छ। नौ दशमलव ७० को रन रेटमा रहेको इङल्यान्डको जन्स बटलर र ऐलेक्स हेल्सको पार्टनरसिप टुटाउन भारतीय बलरहरू असफल भए।
यी दुवै खेलाडीले एक सय २३ रनको पार्टनरसिप गरिसकेका छन्। १२ ओभरमा सहजै एक सय अङ्क पार गरेका इङग्ल्याण्डले ४८ बलमा ४६ रन बनाउने चुनौती लिएको छ जुन त्यति कठिन देखिन्न।
फाइनलमा पाकिस्तान पुगिसकेको छ। सेमिफाइनल जसले जित्छ उसले पाकिस्तानसँग खेल्नेछ। अहिलेसम्मको नतिजामा भारत फाइनलमा पुग्ने सम्भावना झिनो छ।
कात्तिक २४, २०७९ बिहीबार १६:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।