भारत विरुद्ध इङल्याण्डको आक्रामक ब्याटिङ

काठमाडौं : टी ट्वान्टी विश्वकपको फाइनलमा पुग्न एक सय ६९ रनको लक्ष्य राख्दै ब्याटिङमा उत्रिएको इङल्याण्डले आक्रामक ब्याटिङ गरिरहेको छ।
एलेक्स हेल्सको विस्फोटक ब्याटिङमा कुनै विकेट नगुमाई ७ ओभरमा ८४ रन बनाएको छ। उनले २८ बलमा अर्ध शतक हानेका छन्। उनीसँगै क्रिजमा रहेका बटलरले २० बलमा ३० रन हानिसके।
भारतीय बलर विकेट लिन सफल भएका छैनन्। पार्टनरसिप लामो गए भारतलाई फाइनलमा पुग्न गाह्रो हुने देखिन्छ।
कात्तिक २४, २०७९ बिहीबार १६:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।