अर्ध शतक हानेर आउट भए विराट, चौथो विकेट नि गयो

काठमाडौं : टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा विराट कोहलीले अर्ध शतक त हाने तर धेरै समय मैदानमा टिक्न सकेनन्। उनी क्याच आउटमा बाहिरिए।
इंग्ल्याण्डसँग भइरहेको खेलमा भारतले १८ ओभरमा १५२ रन बनाएको छ।
टस जितेको इग्ल्यान्डले फिल्डिङ छानेर भारतलाई ब्याटिङ दिएको थियो। पाकिस्तान फाइनलमा पुगिसकेको छ। आजको सेमिफाइनलको विजेताले ट्रफीका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
कात्तिक २४, २०७९ बिहीबार १५:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।