भारतले २ विकेट गुमायो

काठमाडौं : टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले ११ ओभरमा २ विकेट गुमाएर ७४ रन बनाएको छ।
इंग्ल्याण्डसँग भइरहेको खेलमा भारतले २ विकेट गुमाएको हो। ब्याटिङ गरिरहेको भारतको रन रेट ६.६१ रहेको छ। यही रनरेट कायम राखे एक सय ६० रनसम्म बनाउन सक्ने देखिन्छ।
फाइनलमा पाकिस्तान पुगिसकेको छ। आजको सेमिफाइनलको विजेताले ट्रफीका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
कात्तिक २४, २०७९ बिहीबार १४:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।