मेटाले ११ हजार कर्मचारी निकाल्ने

मेटाले ११ हजार कर्मचारी निकाल्ने

काठमाडौं : फेसबुकको मुख्य कम्पनी मेटाले १३ प्रतिशत कर्मचारी कटौती गर्ने निर्णय गरेको छ। कोभिडको समयदेखि नै खस्किएको आम्दानीमा सुधार नभएको भन्दै मेटाले कर्मचारी कटौती गर्ने निर्णय गरेको हो।

मार्क जुकरबर्गले दिएको सन्देशमा कोभिडकालपछि अनलाइन विज्ञापन बढ्ने अनुमान गरिए पनि त्यसो नभएको भन्दै ११ हजार कर्मचारीलाई बिदा गर्ने निर्णय गरेको लेखेका छन्। कम्पनीको खर्च घटाउन अन्य उपाय पनि थालिएको उनले उल्लेख गरेका छन्।

रोजगारी गुमाउने मेटाको कर्मचारीलाई तीन महिना सहयोग गर्ने, वर्किङ भिसामा आएकालाई अध्यागमनसम्बन्धमा सघाउने, ६ महिना हेल्थ इन्स्योरेन्स कायमै रहने उल्लेख गरेका छन्। 

कात्तिक २४, २०७९ बिहीबार १४:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।