ट्वेन्टी-२० विश्वकप : इंग्ल्याण्डले टस जित्याे, ब्याटिङमा तानियाे भारत

ट्वेन्टी-२० विश्वकप : इंग्ल्याण्डले टस जित्याे, ब्याटिङमा तानियाे भारत

काठमाडौं : अस्टेलियामा जारी ट्वेन्टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डले टस जितेको छ।

एडलेडमा भएको टस जितेसँगै इंग्ल्याण्डले बलिङ गर्ने निर्णय गरेको छ। भारतीय टोलीले पहिले ब्याटिङ गर्नेछ।

बुधबार भएको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई पराजित गर्दै पाकिस्तान फाइनलमा प्रवेश गरेको हो।

आजको खेलको विजेता टोलीले नोभेम्बर १३ मा मेलबर्नमा हुने फाइनल खेलमा पाकिस्तानको सामना गर्नेछ।

भारतीय टोली समूह २ को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गर्दा इंग्ल्याण्ड समूह १ मा उपविजेत भएको हो।

कात्तिक २४, २०७९ बिहीबार १३:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।