करुवाले हानेर श्रीमतीको हत्या आराेपमा एक युवक पक्राउ

करुवाले हानेर श्रीमतीको हत्या आराेपमा एक युवक पक्राउ

झापा : आफ्नै श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

२६ वर्षीया सपना गोरडको हत्या गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–१ बुधबारे बजारस्थित सुन पसल सञ्चालन गरी बस्ने भारत घर भएका ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।

उनीहरूबीचको सामान्य वादविवादमा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कात्तिक २४, २०७९ बिहीबार १२:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।