बुधबार १४ सयले बढेको सुनको मूल्य आज स्थिर

काठमाडौं : साताको चौथो दिन बुधबार तोलाकै १४ सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार (आज) स्थिर रहेको छ।
यसदिन छापावाल सुनको मूल्य तोलको ९५ हजार ४ सय र तेजाबी सुनको मूल्य तोलाको ९४ हजार ९ सय रूपैयाँ नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदीको मूल्य पनि आज स्थिर रहेको छ। आज चाँदी तोलाको १ हजार २८५ रूपैयाँमा किनबेच हुने महासंघका प्रवक्ता मनोजकुमार शाहले जानकारी दिए।
कात्तिक २४, २०७९ बिहीबार ११:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।