विश्वकप फुटबलका कारण कतारले परिवर्तन गर्यो अफिस समय

एजेन्सी : फिफा विश्वकप २०२२ का लागि कतार सरकारले सरकारी कार्यालयहरू खुल्ने समय परिवर्तन गरेको छ।
कतार सरकारले विश्वकप आयोजना हुने अवधिभर सरकारी कार्यालय खुल्ने समय परिवर्तन गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ।
सरकारी कार्यालय खुल्ने समय परिवर्तन भएपछि कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका सेवाग्राहीलाई परिवर्तन भएको समय अनुसार सेवा लिन अनुरोध गरेको छ।
फिफा विश्वकप २०२२ का लागि सरकारी कार्यालयहरू खुल्ने समयमा परिवर्तन गर्नेबारे कतारको मन्त्रिपरिषद्ले निर्णय गरेको थियो।
२०७९ कात्तिक २७ (२०२२ नोभेम्बर १३) देखि पुस ४ (डिसेम्बर १९) सम्म त्यहाँस्थित कार्यालयहरू स्थानीय समयअनुसार विहान ७ बजेदेखि ११ बजेसम्म खुला रहनेछन्। दूतावास पनि सोहीअनुसार मात्रै खुल्नेछ।
आगामी पुस ५ (डिसेम्बर २०)देखि त्यहाँका कार्यालय पूर्ववत नियमित कार्यालय समयअनुसार खुला रहने दूतावासले जनाएको छ।
कात्तिक २४, २०७९ बिहीबार १०:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।