बसुन्धरामा ट्रकको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

काठमाडौं : बसुन्धरामा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको छ।
बुधबार साँझ ट्रकको ठक्करबाट कास्कीको पोखरा महानगरपालिका–९ का ४७ वर्षीय बेलबहादुर रानामगर र ४७ वर्षीया कल्पना रानामगरको मृत्यु भएको हो।
नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना ८ ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
दुर्घटनामा गम्भीर घाइते दुवैजनाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
घटनालगत्तै प्रहरीले ट्रक चालक चितवनका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएको छ।
कात्तिक २४, २०७९ बिहीबार ०९:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।