१० वर्षपछि विश्वकपको सेमिफाइनलमा भिड्दै भारत र इंग्ल्याण्ड, कुन टीम बलियाे ?

काठमाडौं : अस्ट्रेलियामा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इङ्ल्यान्ड खेल्दैछन्।
खेल अस्ट्रेलियाको एडलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ। भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन्।
भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्लादेश र जिम्बाब्वेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो।
यस्तै, इङ्ल्यान्डले अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो। इङ्ल्यान्ड आयरल्यान्डसँग पराजित भएको थियो भने अस्ट्रेलियासँगको खेल वर्षाले प्रभावित भएको थियो।
१० वर्षपछि टी–२० विश्वकपको सेमिफाइनलमा भारत र इंग्ल्याण्डको खेल हेर्न पाउनेछन्। अन्तिम पटक यी दुई टोलीले सन् २०१२ मा खेलेका थिए। त्यो बेला भारतले सहज जित निकालेको थियो।
भारत र इंल्याण्डबीच अहिलेसम्म २२ वटा टी–२० खेल भएकोमा भारतले १२ वटा र इंग्ल्याण्डले १० वटा खेल जितेका छन्।
भारत र इंग्ल्याण्डबीचको विजेताले उपाधिका लागि आइतबार पाकिस्तानसँग खेल्नेछ। बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डलाई हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको थियो।
कात्तिक २४, २०७९ बिहीबार ०७:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।