बाजुरा केन्द्रविन्दु बनाएर भूकम्प

बाजुरा केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौं : बाजुरा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।

बिहीबार (आज) बिहान ५ बजेर १२ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।​

भूकम्पको धक्का आसपासका जिल्लाहरुमा पनि महसुस भएको थियो।

मंगलबार राति डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र भएर ६ दमलव ६ म्याग्निच्यूटको  भूकम्प जाँदा ६ जनाले ज्यान गुमाएका थिए।

कात्तिक २४, २०७९ बिहीबार ०७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।