११.११ अभियानको लागि हिमालयन बैंक लिमिटेड र दराज बीच सम्झौता

काठमाडौंः हिमालयन बैंक र अनलाइन सपिङ्ग पोर्टल दराजबीच बैंकका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक विजयमान नकर्मी र दराजको पेमेन्ट र पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्।
सोमबार भएको सम्झौताअनुसार बैंकका ग्राहकले दराजको ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिटकार्ड मार्फत अग्रिम भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २५ सय रूपैयाँसम्मको छुट पाउनेछन्।
यस्तै, क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ३ हजार रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्। छुट पाउन ग्राहकले आफ्नो कार्ड ई—कमर्शको लागि सक्रिय गर्नु पर्नेछ।
ग्राहकले हिमालयन बैंकको मोबाइल बैंकिङ्गबाट आफैँले नै आफ्नो कार्डमा ई—कमर्श सक्रिय गर्ने सुविधा प्रदान गरेको छ। यी पूर्वभुक्तानी छुटहरू सीमित र छुटमा केहि शर्तहरू लागु हुनेछन्।
कात्तिक २३, २०७९ बुधबार २१:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।