नेपाली बजारमा सेगवे ब्रान्डको नयाँ विद्युतीय स्कुटर, मूल्य कति ?

काठमाडौं : सेगवे-नाइनबोटले नेपाली बजारमा नयाँ स्कुटर ‘सेगवे ई११०एल’ सार्वजनिक गरेको छ।
मध्यमदेखि लामो दूरीकाे यात्राका लागि उपयुक्त हुने बताइएको यो स्कुटरमा २४०० वाटको मोटर र ७२ भोल्टकाे २४ एम्पियर ब्याट्री क्षमता छ।
यो स्कुटर ११० किलोमिटरभन्दा बढी गुड्नसक्ने कम्पनीको दाबी छ। नयाँ स्कुटरमा इलेक्ट्रोनिक सिट लक, ब्याट्री कम्पार्टमेन्ट लक, टेलबक्सहरू लगायतका सुविधा उपलब्ध छन्।
साथै यसले ड्राइभर अक्युपेन्सी डिटेक्शन सिस्टमले अटोमोटिभ ग्रेड टेक्नोलोजीको फाइदा लिएर असामान्य समाधानका साथ सवारलाई सचेत गराउने कम्पनीको भनाइ छ।
किकस्ट्यान्ड लागेको पत्ता लगाई राइडरहरूलाई सम्भावित खतराहरूबाट बचाउन किकस्ट्यान्ड निकाल्ने कुरा सम्झाउने पनि कम्पनीको दाबी छ।
यसमा रहेकाे इलेक्ट्रोनिक पार्किङ मेकानिजमले गाडीले चलिरहेको अवस्थामा अनपेक्षित रुपमा छोएर हुने दुर्घटनाहरूलाई रोक्नसक्छ। इन्टेलिजेन्ट इलेक्ट्रोनिक प्रणालीले यो स्कुटरलाई अन्यको तुलनामा सुरक्षित बनाएको कम्पनीको दाबी छ।
यो स्कुटरको मूल्य तीन लाख ६५ हजार रुपैयाँ निर्धारण गरिको छ। कम्पनीका अनुसार ग्राहकले शुन्य प्रतिशत किस्ताबन्दीमा यो स्कुटर किन्नसक्ने जनाइएको छ।
कात्तिक २३, २०७९ बुधबार २१:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।