दराजको ११.११ अफरमा ८० प्रतिशतसम्म छुट, ११ हजार १११ सम्मको भाैचर

काठमाडाैं : दराजले वर्षको सबैभन्दा ठूलो सेल ११.११ सुरु गर्न लागेकाे छ।
यस याेजना कार्तिक २४ गते मध्यरातबाट सुरु हुनेछ भने यस वर्षको ११.११ विगतका वर्षहरू भन्दा ठूलो हुने कम्पनीले जनाएकाे छ।
यस याेजनामा ११ लाख सामानहरूमा ८० प्रतिशतसम्मको छुट, ११ हजार १११ रूपैयाँसम्मकाे मेगा भाैचर, प्रि पेमेन्टमा २० प्रतिशत अधिकतम ३००० हजार रूपैयाँसम्म छुट, खेल एक रूपैयाँ र मेगा गिभअवेको रूपमा ६५ इन्चकाे मी टिभी रहेको कम्पनीले जानकारी दिएको छ।
बैंक र प्रिपेमेन्ट छुटको सन्दर्भमा, ११.११ मा किनमेल गर्ने ग्राहकले क्रेडिट कार्ड मार्फत २० प्रतितशत र डेबिट कार्ड मार्फत १५ प्रतिशतसम्म बचत गर्न पाउनेछन्।
त्यसैगरी आफ्नो आई एम ई पे वालेट मार्फत भुक्तानी गरेमा १५ प्रतिशतसम्मको अतिरिक्त छुट प्राप्त गर्ने अवसर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ।
साथै, एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, र माछापुच्छ्रे बैंकका ग्राहकहरूले क्रेडिट कार्ड मार्फत ०% ब्याजको सहज मासिक किस्ता योजना (ईएमआई) पनि प्राप्त गर्न सक्नेछन्।
कात्तिक २३, २०७९ बुधबार २१:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।