झुण्डिएको अवस्थामा मृत भेटिए पत्रकार सराेजराज अधिकारी

काठमाडौं : पत्रकार सरोजराज अधिकारी होटलको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।
सुन्धारास्थित होटल सिद्दार्थमा उनी मृत अवस्थामा भेटिएका हुन्।
घटनास्थलमा उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरू पुगेर अनुसन्धान सुरु गरेका छन्।
होटलको एक कोठामा फ्यानमा झुन्डिएको अवस्थामा उनी मृत भेटिएको उपत्यका अपराध अनुसन्धानमा खटिएका अधिकृतले जानकारी दिए।
कात्तिक २१ बाट उनी सो होटलमा बसेका थिए।
कान्तिपुर दैनिक, नयाँ पत्रिका, नेपाल लाइभलगायतका सञ्चार माध्यममा काम गरेका उनले चक्रब्युमा चन्द्रसूर्य लगायतका किताब लेखेका छन्।
कात्तिक २३, २०७९ बुधबार २०:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।