मतदातामाझ घनश्यामका तीन वाचा

रुपन्देही : रुपन्देही क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल घरदैलो कार्यक्रममा व्यस्त छन्।
मतदाता भेटघाटको क्रममा भुसालले आफ्नो त्रिभुज चुनाव चिन्हमा मत माग्दै मतदातामाझ तीनवटा वाचा गरेका हुन्।
भुसालले इमान्दारिता, संविधानको रक्षा र क्षेत्रको विकास गरेर तीनवटा वाचा जनतामाझ गरेका छन्।
घरदैलोमा रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीको जिज्ञासामा उनी भन्छन्, ‘निर्वाचन त जितिसकिएको छ तर हाम्रो काम निर्वाचनमा भोट संकलन गर्ने मात्रै होइन। यो त एउटा अभियान हो। निर्वाचन जितेपछि म यसैगरी नागरिकसँग एकाकार भएर यहि क्षेत्रको विकासमा योगदान पुर्याउनेछु।’
सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता : यादव
त्यसैगरी रुपन्देही १९१० बाट प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका विश्वनाथ यादवले आफू निर्वाचित भएपछि सबैभन्दा पहिला सुकुम्बासी समस्या समाधानलाई प्राथमिकता दिने बताएका छन्।
मंगलबार मतदातासँग कुरा गर्दै नेता यादवले आफ्नो क्षेत्रमा सुकुम्बासी समस्या मुख्य समस्याको रूपमा रहेको बताउँदै प्रदेश सभा सदस्यमा निर्वाचित हुन साथ सुकुम्बासी समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए।
यसअघि गठबन्धनको सरकारले ुभूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गरिसकेको र बाँकी रहेका कामलाई आफू निर्वाचित भएर गएपछि निरन्तरता दिने यादवले मतदातासँग प्रतिबद्धता जनाए।
घरदैलो अभियान अन्तर्गत आज ओमसतियाको १, ३ र ४ वडामा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक हिरा बहादुर खत्रीले बताए।
रोकिएको विकास निर्माणका अधुरा कार्य पुरा गर्छु : रज्जाक
रुपन्देही १ (२) का उम्मेदवार अब्दुल रज्जाकले रोकिएको विकास निर्माणका अधुरो कार्य पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।
बुधबार घरदैलो पछिको कोण सभालाई सम्बोधन गर्दै नेता रज्जाकले २०७० मा आफू निर्वाचित भएपछि थुप्रै विकास निर्माणका योजनाहरूको सुरुवात गरेको बताए।
घरदैलो अभियान अन्तर्गत आज ओमसतियाको १, ३ र ४ वडामा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको संयुक्त निर्वाचन परिचालन कमिटीका सह संयोजक लेखनाथ न्यौपानेले बताए।
कात्तिक २३, २०७९ बुधबार २०:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।