११ हजारभन्दा बढि कर्मचारीलाई फेसबुकबाट निकाल्ने निर्णय

एजेन्सी : फेसबुकको प्यारेन्ट कम्पनी मेटाले ११ हजारभन्दा बढि कर्मचारीलाई कामबाट निकाल्ने निर्णय गरेको छ।
कम्पनीको आम्दानी घटेको भन्दै कम्पनीले यस्तो निर्णय गरेको हो। निर्णयपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले एक विज्ञप्ति जारी गरेका छन्।
‘आज मेटाको इतिहासमा गरिएको सबैभन्दा मुस्किल परिवर्तनलाई सार्वजनिक गर्दैछु,’ विज्ञप्तिमा जुकरबर्गले भनेका छन्, ‘मैले आफ्नो टीमलाई १३ प्रतिशत सानो बनाउने अर्थात् ११ हजारभन्दा बढि प्रतिभाशाली कर्मचारीलाई कम्पनीबाट हटाउने निर्णय गरेको छु।’
‘मलाई थाहा छ, यो सबैको लागि कठिन अवस्था हो,’ उनले अगाडि भनेका छन्, ‘यसबाट प्रभावित हुने मानिसको बारेमा सोचेर मलाई एकदमै दुःख लागिरहेको छ।’
२००४ मा जुकरबर्गले फेसबुकको सुरुवात गरेका थिए। फेसबुकमा करिब ८७ हजार कर्मचारी काम गर्छन्। मंगलबार मात्र जुकरबर्गले कर्मचारी कटौतीको बारेमा छलफल गर्न पदाधिकारीहरूसँग छलफल गरेका थिए।
कात्तिक २३, २०७९ बुधबार १८:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।