यू-१५ महिला च्याम्पियनसिप : नेपालकाे लगातार तेस्राे जित, सानु परियारकाे गाेलमा भुटान पराजित

यू-१५ महिला च्याम्पियनसिप : नेपालकाे लगातार तेस्राे जित, सानु परियारकाे गाेलमा भुटान पराजित

काठमाडौं : बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार तेस्रो जित निकालेको छ।

ढाकामा भएको खेलमा भुटानलाई १–० गोलले पराजित गर्दै नेपालले लगातार तेस्रो जित निकालेको हो। नेपालका लागि खेलको ४९औं मिनेटमा सानु परियारले निर्णायक गोल गरिन्।

पहिलो भेटमा नेपालले भुटानलाई ७–० गोलले हराएको थियो। यस्तै नेपालले दोस्रो खेलमा आयोजक बंगलादेशलाई १–० ले हराएको थियो।

भुटानसँग दोस्रो जित निकालेसँगै नेपाल ३ खेलमा ९ अंक जोडेर पहिलो स्थानमा उक्लिएको छ। बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा झरेको छ। भुटान अंक विहीन रहँदै पुच्छारमा छ।

नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्नेछ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ। डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ।

कात्तिक २३, २०७९ बुधबार १८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।