एक अंकमा झर्‍यो कोरोना संक्रमितको संख्या

एक अंकमा झर्‍यो कोरोना संक्रमितको संख्या

काठमाडौंः नेपालमा कोरोना संक्रमितको संख्या एक अंकमा झरेको छ।

पछिल्लो २४ घण्टामा भएको १ हजार २४९ परीक्षणमा ७ जनाका कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यस अवधिमा १२ जना संक्रमणमुक्त हुँदा ५ हजार ८१६ जनाले कोरोनाविरुद्धको खोप लगएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या ५६७ जना छन्।

कात्तिक २३, २०७९ बुधबार १७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।