प्रदेश-१ का वनमन्त्री शेखर चन्द्र थापाको निधन

प्रदेश-१ का वनमन्त्री शेखर चन्द्र थापाको निधन

काठमाडौं : प्रदेश–१ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखर चन्द्र थापाको निधन भएको छ।

मोरङ क्षेत्र नम्बर ३ (१)को प्रदेश सभाका उम्मेदवारसमेत रहेका थापाको बुधबार विहान नोबल अस्पतालमा उपचारको क्रममा निधन भएको हो। 

सुरूमा डेंगु संक्रमण भएका उनलाई पछि निमोनियासमेत भएको थियो।

उनको मृत्युसँगै मोरङ क्षेत्र नम्बर ३ (१) प्रदेश सभाको निर्वाचनका लागि नयाँ प्रक्रिया हुने भएको छ। थापा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए।

थापा २०७४ सालमा समानुपातिकतर्फ प्रदेश सभा सदस्य बनेका थिए। उनका श्रीमती, एक छोरी र एक छोरा छन्।

कात्तिक २३, २०७९ बुधबार १२:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।